फुकुओकामा छक्का पन्जा ३ दुई दिन प्रदर्शन हुंदै, १ दिनमा ३ शो हुने
सुर्य कर्पोरेसनले जनवरी ५ तारीक शनिवार र ६ तारीक आईतबार फुकुओकामा १ दिनमै ३।३ सो गर्ने भएको छ । ओहासीको मिनामि सिमिन सेन्टरमा हुने शो, दिउसो १२ देखि ३, बेलुका ३ देखि ६ र साँझ ६ देखि नौ गरी एक दिनमै ३ पटक शो गर्न लागिएको छ । नेपाली चलचित्रको बिदेशि बजार बिस्तारको यो एउटा नविन प्रयास भएको र व्यस्त समयका बाबजुत दर्शकहरुको समय अनुसार नेपालमै जस्तो चलचित्र हेर्ने अवसरका निमित्त यसो गरिएको जिज्ञांसामा कर्पोरेसनका प्रबन्ध निर्देशक बाशुदेव लामिछानेले बताए ।
जापानको १५ बढि शहरहरुमा प्रदर्शन हुने लक्ष्य राखेको कर्पोरेसनले हालसम्म यस अघि पनि टोकियो, ओकिनावा, फुकुओका, चिबा, तोचिगि, ओशाकामा सफल प्रदर्शन गरिसकेको छ ।
यस संगै ५ र ६ तारीक शनिबार र आईतबार पुन फुकुओका, १ दिनमै ३/३ सो गर्ने भएको हो । ६ जनवरी, आईतबार गुन्मा, १३ जनवरी, आईतबार निगाता, २४ जनवरी, बिहिबार कोबेको शो पनि तय भैसकेको र अन्य स्थानहरुको प्रदर्शन पनि यसै गरि क्रमिक रुपमा तय गरीने बताईएको छ ।
दिपकराज गिरी र दिपाश्री निरौलादको चलचित्र छक्का पन्जा , १ र २ को अपार सफलतापछी निर्मित छक्का पन्जा ३ नेपालमा ब्यवसाहिक हिसाबमा पनि अहिले सम्मकै सबै रेकर्डहरु तोड्न सफल भएको चलचित्र हो ।छक्का पन्जा -३ ले नेपालको अ्वस्थ राजनैतिक अवस्थाले शिक्षा क्षेत्रलाई पारेको प्रभावलाई पर्दामा आकर्षक ढंगले चित्रण गरेको छ ।
फुकुओका शहरको मिनामि सिमिन सेन्टर, ओहासिमा जनवरी ५ तारीक शनिवार र ६ तारीक आईतबार ( १ दिनमै ३।३ शो ) प्रदर्शन हुने चलचित्रको टिकटदर एडभान्समा २,००० र डोरमा ३,००० तय गरिएको छ ।चिखातेचु लाईनको ओहाशी स्टेसनबाट पैदल ५ मिनेटको दुरीमा रहेको हल, जेआरको ताकेसिता स्टेसनबाट क़रीब १० मिनटको पैदल दुरीमा रहेको छ । चलचित्रको टिकट नपाउनुभएको भए हलको काउन्टरमै पनि लिन सकिने ब्यवस्था मिलाईएको आयोजकले जनाएको छ जसको लागि ०८०-९८०५-२००८ वा ०८० ९०५५-८२८१ मा सम्पर्क गर्न सकिनेछ ।