भोली आईतबार टोकियोको मेगुरो कुमिन सेन्टरमा छक्का पन्जा ३ पुन प्रदर्शन हुंदै

भोली आईतबार टोकियोको मेगुरो कुमिन सेन्टरमा छक्का पन्जा ३ पुन प्रदर्शन हुंदै

December 22, 2018
 

भोली आईतबार टोकियोको मेगुरो कुमिन सेन्टरमा छक्का पन्जा ३ पुन प्रदर्शन हुंदै

भर्खरै नेपालका ख्यातिप्राप्त करिव ४ दर्जन कलाकारको साथमा सुर्य इन्टरनेशनल एवार्ड सम्पन्न गरेको सुर्य कर्पोरेसन लिमिटेडले नेपालमा निकै रुचाईएको चलचित्र छक्का पन्जा ३ को जापान राईट्स लिएसंगै यस अघि हाउसफुल रहेको शो पुन भोली २३ तारीक आईतबारको दिन टोकियोको मेगुरो कुमिन सेन्टरमा प्रदर्शन हुंदैछ ।

जापानको १५ बढि शहरहरुमा प्रदर्शन हुने लक्ष्य राखेको कर्पोरेसनले हालसम्म यस अघि पनि टोकियो, ओकिनावा, फुकुओका, डिसेम्बर चिबा, तोचिगि, ओशाकामा सफल प्रदर्शन गरिसकेको छ ।

यस संगै ५ र ६ तारीक आईतबार पुन फुकुओका, १ दिनमै ३।३ सो गर्ने भएको छ । ६ जनवरी गुन्मा, १३ जनवरी निगाता, २४ जनवरी कोबेको शो पनि तय भैसकेको कर्पोरेसनका प्रबन्ध निर्देशक बाशुदेव लामिछानेले जानकारी दिएका छन । यसै गरि प्रदर्शनको स्थानहरु तय भईरहेको र अन्य स्थान क्रमिक रुपमा तय गरीने बताईएको छ ।

दिपकराज गिरी र दिपाश्री निरौलादको चलचित्र छक्का पन्जा , १ र २ को अपार सफलतापछी निर्मित छक्का पन्जा ३ नेपालमा ब्यवसाहिक हिसाबमा पनि अहिले सम्मकै सबै रेकर्डहरु तोड्न सफल भएको चलचित्र हो ।छक्का पन्जा -३ ले नेपालको अ्वस्थ राजनैतिक अवस्थाले शिक्षा क्षेत्रलाई पारेको प्रभावलाई पर्दामा आकर्षक ढंगले चित्रण गरेको छ ।

यहि डिसेम्बर २३ तारीक आइतवार मेगुरो कुमिन सेन्टरमा साँझ ६ बजेबाट प्रदर्शन हुने चलचित्रको टिकटदर एडभान्समा २,००० र डोरमा ३,००० तय गरिएको छ ।जे आर यामानोते लाईनको मेगुरो स्टेसन बाट हिंडेर ७ मिनेट लाग्ने मेगुरो कुमिन सेन्टरको हलमा प्रदर्शन हुने चलचित्रको टिकट नपाउनुभएको भए हलको काउन्टरमै पनि लिन सकिने ब्यवस्था मिलाईएको आयोजकले जनाएको छ जसको लागि ०८०-९८०५-२००८ वा ०८० ९०५५-८२८१ मा सम्पर्क गर्न सक्नु हुनेछ ।