यहि डिसेम्बर २० तारीकको दिन, ओशाकामा छक्का पन्जा ३ प्रदर्शन हुंदै ।

यहि डिसेम्बर २० तारीकको दिन, ओशाकामा छक्का पन्जा ३ प्रदर्शन हुंदै ।

December 19, 2018
 

यहि डिसेम्बर २० तारीकको दिन, ओशाकामा छक्का पन्जा ३ प्रदर्शन हुंदै ।

सुर्य कर्पोरेसन लिमिटेडले नेपालमा निकै रुचाईएको चलचित्र छक्का पन्जा ३ को जापान राईट्स लिएसंगै नेपालको बहुचर्चित चलचित्र छक्का पन्जा ३ प्रदर्शन गर्ने क्रममा यहि डिसेम्बर २० तारीक विहिवारको दिन ओशाकाको मिनातो कुमिन सेन्टरमा चलचित्र प्रदर्शन हुने भएको छ । ओशाकामा सुर्य कर्पोरेसनसंग माईदो मसाला मार्टले चलचित्र प्रदर्शन अधिकार लियको हो ।

जापानको १५ बढि शहरहरुमा प्रदर्शन हुन लागेको चलचित्रको क्रमिक रुपमा मिति, समय र स्थान तय हुंदै गईरहेको कर्पोरेसनका डाईरेक्टर बाशुदेव लामिछानेले जानकारि दिएका थिए ।

यस संगै २३ डिसेम्बर पुन टोकियो, ५ जनवरी र ६ जनवरी फुकुओका, ६ जनवरी गुन्मा, १३ डिसेम्बर निगाता गरि प्रदर्शनको स्थानहरु तय भईरहेको र अन्य स्थान क्रमिक रुपमा तय गरीने बताईएको छ ।


दिपकराज गिरी र दिपाश्री निरौलादको चलचित्र छक्का पन्जा , १ र २ को अपार सफलतापछी निर्मित छक्का पन्जा ३ नेपालमा ब्यवसाहिक हिसाबमा पनि अहिले सम्मकै सबै रेकर्डहरु तोड्न सफल भएको चलचित्र हो ।छक्का पन्जा -३ ले नेपालको अ्वस्थ राजनैतिक अवस्थाले शिक्षा क्षेत्रलाई पारेको प्रभावलाई पर्दामा आकर्षक ढंगले चित्रण गरेको छ ।

यहि डिसेम्बर २० तारीक विहिवार साँझ ५:३० बजेबाट प्रदर्शन हुने चलचित्रको टिकटदर एडभान्समा २,००० र डोरमा २,५०० तय गरिएको छ । चलचित्रको टिकट नपाउनुभएको भए हलको काउन्टरमै पनि लिन सकिने ब्यवस्था मिलाईएको आयोजकले जनाएको छ । सम्पर्कको लागि ०९०-६०१९-६२०३ / ०८०-४४०८-७७७५ / ०८०-३११३-९३०३ / ०८०-३४८९-२२९९ मा सम्पर्क गर्न सक्नु हुनेछ ।