‘’सुर्य इन्टरनेसनल अवार्ड’’ २०१८ को नोमिनेसन खुल्ला (विज्ञप्ति सहित )

‘’सुर्य इन्टरनेसनल अवार्ड’’ २०१८ को नोमिनेसन खुल्ला (विज्ञप्ति सहित )

June 8, 2018
 
‘’सुर्य इन्टरनेसनल अवार्ड’’ २०१८ टोकियोको नोमिनेसन खुल्ला (विज्ञप्ति सहित )
 
इन्टरनेशनल इन्टरटेनमेन्ट कम्पनि सुर्य कर्पोरेसनले जापानको टोकियोमा अवार्ड शो आयोजना गर्ने भएको छ। कर्पोरेसनले एक  बिज्ञप्ति जारी गर्दै नोमिनेसन फारम सार्वजनिक गरेको छ !
 
विश्वको सबैभन्दा महँगो शहर भनिएको जापानको टोकियोमा पहिलो पटक हुन गईरहेको सुर्य ईन्टरनेशनल अवार्ड–२०१८ को फारम खुल्ला गरिएको छ । आयोजकले सो सम्बन्धि एक विज्ञप्ती जारी गरेको छ । आगामी सेप्टेम्वरको १६ तारिक अर्थात नेपाली मिती २०७५ भाद्र ३१ गते सुर्य ईन्टरनेशनल अवार्ड–२०१८ हुने जनाएको छ । उक्त अवार्डमा फिल्म र संगीत तर्फबाट ६÷६ गरि १२ विधा रहने आयोजकले जनाएको छ । जसमा उत्कृष्ट फिल्म, नायक, नायिका, सपोर्टिङ कलाकार महिला र पुरुष गरि ६ विधा र संगीत तर्फ लोक, पप र आधुनिक गायक गायिका गरि ६ विधा राखिएको छ । विश्वभरीबाट अनलाईन तथा सामाजिक सञ्जाल मार्फत भोटिङ हुने र भोटिङबाट नै पपुलर अवार्ड वितरण गर्ने आयोजक संस्थाका अध्यक्ष बासुदेव लामिछानेले बताएका छन् ।
 
नेपाली अवार्डको गरिमा र अवार्ड समारोहको वारेमा बेला बखत हुने विवाद तथा चर्चालाई अन्त्य गर्न र यस्ता अवार्डहरुबाट फरक रहन सुर्य ईन्टरनेशनल अवार्ड २०१८ लाई भोटिङ प्रक्रियामा संचालन गरिने विज्ञप्तीमा भनिएको छ । यहि जेष्ठ मसान्त सम्म अवार्डको लागि फरम भर्न पाउने विज्ञप्तीमा उल्लेख छ । अवार्डको लागि हाल जापान र नेपालमा भव्य तयारी भईरहेको पनि कर्पोरेसनले बताएको छ । यस्तै अवार्ड समारोहमा ३ दर्जन बढि कलाकर्मीहरु र केही पत्रकारहरु जापानको एउटै मञ्चमा देखिने बताएका छन् । अवार्ड समारोहमा कमेडी, नृत्य, गायन लगायतका बृहत साँस्कृतिक प्रस्तुतीहरु रहने आयोजकले बताएको छ । यता नेपालमा कलाकर्मी व्यवास्थापन र फारम वितरण तथा संकलन गर्न बरिष्ठ पत्रकार नरेश भटट्राई र चलचित्र पत्रकार संघ नेपालका सचिव समीर बलामीलाई जिम्मेवारी दिएको बासुदेव लामिछानेले बताएका छन् । विधागत सूची दर्ताको लागि बलामी फिल्म ईनटरटेन्मेन्टका समीर बलामीसँग सहकार्य गर्न पनि विज्ञप्तीमा भनिएको छ ।
 
जारी बिज्ञप्ति जस्ताको त्यस्तै