समाजसेवी इश्वरि कंडेलको “रमिता” टोकियोमा प्रिमियर

समाजसेवी इश्वरि कंडेलको “रमिता” टोकियोमा प्रिमियर

June 4, 2018
 
समाजसेवी इश्वरि कंडेलको “रमिता” टोकियोमा प्रिमियर
छिमेकी मुलुक भारतबाट आफ्नो बैदेशिक श्रम यात्रा सुरु गरेका इश्वरी कंडेल समय र व्यवहारले खारिएका व्यक्तित्व हुन्। साउदी अरब देखि अरबका धेरै देशहरुमा श्रमका पसिना बगाएका इश्वरीले खाडीको चर्को घाम संगै साटिदै गरेको पसिनालाई संगीत र सिर्जनाको बाटोतर्फ उन्मुख गराउने प्रयास स्वरुप आफ्नै अभिनयमा “खाडी मुलुकको पीडा” नामक लोक दोहोरि गीति एल्बम मार्फत दर्शक स्रोतामाझ देखा परे। लामो समयदेखि प्रवासलाई आफ्नो कर्मथलो बनाउदै धेरै नेपालिहरुका निमित्त परदेशमा मै रहेर पनि आफ्नो देश समाजका लागि केही गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण बन्दै जापानमा नेपाली रेस्टुरेन्ट ‘सेवा’ सुचारु गरेका इश्वरी कडेलले आफ्नो परिचय नै बदले।
 
सामान्य मजदुरी गरेर जिविकोपार्जन गर्ने इश्वरी कडेललाइ जापानमा खोलिएको सेवा रेस्टुरेन्टले समाजसेवाको बाटो तर्फ उन्मुख मात्र गराएन कि उनको नाम र परिचय परिवर्तन गरिदिदियो। इश्वरी कडेलबाट इश्वरी कडेल सेवा बन्दा सम्मको यात्रा हामिले सुन्दा र हेर्दा भन्दा सार्है फरक र संघर्षपुर्ण नै छ।
 
कहिले चर्को घाम, कहिले ठन्डी, कहिले पृथ्वीको मध्यभागमा त कहिले पुर्व हुँदै जापानमा नै सफल व्यावसायि बनेका इश्वरि कडेल सेवा उदार र समाजसेवी भएकै कारण धेरै नेपालिहरुले उनको नाम आदरकासाथ लिने गरेका छन।
 
उनै सामाजिक आदरणीय ब्यत्तित्व इश्वरी कडेलको कला, साहित्य गित संगीत प्रतिको लगाब अझ तिखारिएको र उनले नेपाली सिने क्षेत्रमा पनि हात हाल्न भ्याए।
 
पछिल्लो समय आफ्नै लगानिमा निर्माण गरिएको नेपाली कथानक चलचित्र “रमिता” को प्रमोसनमा जुटिरहेका इश्वरीको ब्यस्तता पनि ह्यत्तै बढेको छ। दिलिप रायमाझी, रजनी केसि,इश्वरी कंडेल, रिना थापा मगर, सन्दिप बुर्लाकोटी,दिपासा बिसि र बिनोद श्रेष्ठ सबिन बास्तोला , सुरबिर पण्डित , मिथुन खत्रि लगाएतका कलाकारहरुको अभिनय रहेको रमिताले प्रवासमा नेपालिहरुले भोग्दै आएका पिडा र सामजिक विषयबस्तु लाई प्रस्तुत गरेको “रमिता”को निर्देशन रन्जित कुमार श्रेत्री ले गरेका छन भने कथा प्रलाद सुबेदीले लेखेका छन।