रामकृष्ण वम मल्लको गीती एल्वम ‘आफ्नो भाग्य ‘ सार्वजनिक
रामकृष्ण वम मल्लको गीती एल्वम ‘आफ्नो भाग्य ‘ सार्वजनिक
June 2, 2018
रामकृष्ण वम मल्लको गीती एल्वम ‘आफ्नो भाग्य ‘ सार्वजनिक
लामो समयदेखी गीत,संगीतमा निरन्तर लागि रहेका गायक रामकृष्णवम मल्लको गीती एल्वम ‘आफ्नो भाग्य ‘ सार्वजनिक गरेका छन ।

आधुनिक,झ्याउरे , लोक ,राष्ट्रिय गायन तथा संगीतमा पोख्त मल्लको यो ‘ आफ्नो भाग्य ‘ साच्चिकै सबै विधाका श्रोताको मन छुने आँकलन गरिएको छ ।

लामो समयदेखी जापानलाई कर्मोथलो बनाएका मल्लले सधैं झै संगीत सँगै गायन पनि प्रस्तुत गर्ने मल्लले यस म्युजिक भिडियोमा भने चर्चित गायक रामकृष्ण ढकालले स्वर दिएका छन ।

लक्ष्मण कार्कीको शब्द रहेको यस गीतमा टोक्यो टिभिका रोशन कार्कीले जापानमै छायाँकन गरेका छन ।
केही भाग नेपालकै मन छुने तस्विरहरु कैद गरिएको छ । जुन तस्विरहरु शब्द , लय र प्रस्तुती सँग मेल खादा यस म्युजिक भिडियो सुनमा सुगन्ध थपिएको छ । यो हेरे पछी श्रोता तथा दर्शकहरु पक्कै पनि भावूक हुनेछन ।
नेत्र गुरुङ्को सम्पादन रहेको यस म्युजिक भिडियोमा सुरज खड्का र प्रमिला केसीको अभिनय रहेको छ ।यस गीतको बजार व्यवस्था म्युजिक नेपालले गरेको छ भने म्युजिक नेपालकै अफिसियल युट्युब र आर एस डिजिटल प्रा लिको उत्पादन रहेको छ ।


