चितवन समाज जापानको “BBQ” २४ जुन आइतबार 

चितवन समाज जापानको “BBQ” २४ जुन आइतबार 

May 31, 2018
 
चितवन समाज जापानको “BBQ” कार्यक्रम २४ जुन आइतबार 
टोकियो ।”आपत कालिन अक्ष्यकोषको सहयोगार्थ” चितवन समाज जापानले जुन २४ तारिख आइतबारका दिन बार्बिक्यु BBQ कार्यक्रमको आयोजना गरेको छ ।
 
नोबोरितो (NOBORITO) स्टेसन बाट ३ मिनेट नजिक रहेको पार्कमा हुन गईरहेको उक्त कार्यक्रममा जापानबासी दाजुभाइ तथा दिदिबहिनीलाई उपस्थितिको निम्तिआग्रह गरिएको छ ।
 
मनोरन्जनको साथै जापानमा रहेका सबै सङ्गठनमा आबद्ध व्यक्तिहरु एकै ठाँउमा उपस्थित भै परोपकारी काममा सहयोग गर्न र परिचित हुने अवसर नगुमाउन समाजका अध्यक्ष राजन कुमार श्रेष्ठले आग्रह गरेका छन ।
 
विगतका दिनमा पनि विभिन्न मनोरन्जनात्मक र सामाजिक कार्यक्रम गर्दै आइरहेको चितवन समाज जापानले यस पटको पहिलो बार्बिक्यु कार्यक्रम गर्न गहिरहेको छ ।