सुर्य कर्पोरेसनद्वारा जापानको टोकियोमा अवार्ड शो

सुर्य कर्पोरेसनद्वारा जापानको टोकियोमा अवार्ड शो

May 25, 2018
 
जापानमा पहिलो पटक इन्टरनेसनल अवार्ड शो हुदै
 
इन्टरनेशनल इन्टरटेनमेन्ट कम्पनि सुर्य कर्पोरेसनले जापानको टोकियोमा अवार्ड शो आयोजना गर्ने भएको छ ! लामो समय देखि आन्तरिक कसरतमा रहेको कर्पोरेसनले आज मात्रै पहिलो ब्यानर सार्बजनिक गरेको हो !
अवार्डमा नेपालबाट नया पुराना ख्याती प्राप्त कलाकार हरु टोकियोको एकै स्टेजमा देखा पर्नेछन ! ३ घण्टा को अवार्ड शोमा कमेडी, डान्स, गायन लगाएत सबै मनोरंजन प्याकेज तयारी भैरहेको सुर्य कर्पोरेसनका डाइरेक्टर बाशुदेव लामिछानेले जानकारी दिनुभयो !
 
बिश्वोको सबैभन्दा महँगो अनि व्यस्थ शहर टोकियोमा हुने अवार्ड शो पपुलर अवार्ड अन्तर्गतको अवार्ड रहेको जानकारीमा आएको छ ! सुर्य इन्टरनेशनल अवार्ड नामक अवार्डमा नेपाली चलचित्र र संगीत दुवै विधामा नोमिनेसन छनोट गरि अवार्ड वितरण गरिने आयोजक पक्षले बताएको छ ! चलचित्र र संगीत गरि जम्मा १२ विधामा ५/५ नोमिनेसनमा रहने ब्वायस्ठा रही अनलाइन भोटिंग सिस्टमको आधारमा अवार्ड वितरण गरिने आयोजकको भनाइ छ !
 
सेप्टेम्बर १६ मा नाकानो जेरो हलमा तय गरिएको अवार्ड शोको बिस्तृत जानकारी टोकियोमा एक पत्रकार सम्मेलनका बीच जानकारी गरिने सुर्य कर्पोरेसनले बताएको छ !