नयाँ वर्षको उपलक्षमा आयोजना गरिएको रङ्गिन साँझ–२ कार्यक्रमका लागि लोकगायक कुलेन्द्र बिक र गायिका रिता केसी जापान आइपुगेका छन्।
लोकसङ्गीतप्रेमी जापानबासी नेपालीहरुलाई मनोरन्जन प्रदान गर्नको निम्ती साथमा जापानमै रहेका गायक तथा सङ्गीतकार रामकृष्ण बममल्ल, गायक सुर्य खड्का र युवराज आचार्यले टोकियोको नाकनो जेरो हलमा दर्शकलाई नचाउने आयोजकले जानकारी दिएका छन्। कार्यक्रम रङ्गिन संसार डटकमले आयोजना गर्न लागेको हो।
पहिलो पटक जापान आएका लोकगायक कुलेन्द्र बिक कार्यक्रम भव्य हुनेमा आशावादी रहेको बताए। करिब ४ हजारभन्दा बढी लोक तथा दोहोरी गीत गाइसकेका गायक कुलेन्द्रका ‘नजाउ है सानु पधेँरीमा, मन परेरै हो कि, देउराली भाके है, जय–जय होस्’ लगायत धेरै गीतहरु चर्चित छन्।
त्यस्तै गायिका रिता केसी लोक, आधुनिक, चलचित्र सबै खालका गीत गाउन सक्ने ‘भर्साटाइल’ गायिका हुन गायिका रिताले फेसबुकमा, जाउला कान्छी, बिन्दास पारामा लगायत २ सय ५० भन्दा बढी गीत गाइसकेकी छिन्।
नयाँ वर्षको शुभकामना सहित रमाइलो गर्न उक्त दिन बिदा मिलाई कार्यक्रममा उपस्थित भैदिन आयोजकले जापानबासी नेपालीहरुलाई आग्रह गरेका छन्।