गायक प्रमोद खरेल आफ्नो बिल्कुलै नयाँ गीतको म्युजिक भिडियो लिएर आज मंगलबार दर्शक तथा स्रोतामाझ आएका छन् ।
‘दन्तैमा’ शीर्षकको उक्त गीतको म्युजिक भिडियो मंगलबार साँझ गायक खरेलकै आधिकारिक यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतमा भने शंकर थापा स्माइलको संगीत छ भने डिपी खनालले यसका शब्दहरु रचना गरेका हुन् । उदय राज पौडेल यो गीतका संगीत संयोजक हुन् ।
दिक्षा क्रिएसनद्वारा प्रस्तुत गरिएको म्युजिक भिडियोमा नेपाली ठिटोस समुहका नृत्य कलाकारहरुले आकर्षक नृत्य गरेका छन् । सुनिल क्षेत्री तथा प्राञ्जली सापकोटालाई फिचर गरिएको भिडियोको कोरियोग्राफी पनि नेपाली ठिटोजले नै गरेको हो । पवन सुस्लिङ यो भिडियोका छायांकार हुन् भने विकास ज्ञवालीले भिडियोमा सम्पादनसहित भिएफएक्स तथा कलर करेक्सन गरेका छन् । नेपाली ठिटोजका सुनिल क्षेत्रीद्वारा निर्देशित यो भिडियोमा गायक प्रमोद खरेललाई प्रभावकारी शैलीमा चित्रण गरिएको छ