टोकियो। समाजमा भैपरी आउने आपतकालीन समस्या समाधानको लागि चितवन समाज जापानले अक्षयकोषको स्थापना गर्नै भएको छ । यसको लागि समाजले अङ्रेजी नयाँ वर्षको मौका छोपी ‘ चितवन धमाका ’ २ नामक सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
यहि जनवरी ३ बुधवार टोकियोमा कार्यक्रम गर्न लागेको हो । कार्यक्रम डिसेम्वर ३१ मा नागोया र जनवरी १ तारिकमा ओशाकामा पनि हुने समाजका प्रवक्ता बाशुदेव लामिछानेले जानकारि गराउनु भएकोछ ।
टोकियोमा हुने कार्यक्रम को संयोजक इस्वरी प्रसाद कडेल, ओशाकामा हुने कार्यक्रमको संयोजक अनुप पौडेल र नागोयामा हुने कार्यक्रम को संयोजक रामु खरेलले गर्नु भएको छ ।
टिकट ब्यबस्थापन तथा कार्यक्रमको आर्थिक पारदर्शीतालाइ प्रभाबकारी बनाउनका निमित्त समाजका पदाधिकारीहरुलाइ जिम्मेवारी तोकेको छ भने कार्यक्रमलाई सभ्य र सुरक्षित तवरले सम्पन्न गर्न भिभिन्न उपसमिति गठन गरीएको समाजका महासचिब हरिष चन्द्र पौडेलले जानकारी दिनुभयो । हरेक क्षेत्रमा हुने कार्यक्रमको ब्वबस्थापन भने उक्त्र क्षेत्रमा रहेको क्षेत्रिय समितिले गर्ने भएको छ ! बढ्दो चापका टोकियोमा क्षेत्रिय संयोजक दिपेन्द्र पौडेललाइ तोकियो कार्यक्रमको सह संयोजक बनाइएको संयोजक इश्वरी प्रसाद कडेलले जानकारी दिनुभयो !
परोपकारी उधेश्य सहितले आयोजना गरिएको कार्यक्रममा सबै एकजुट हुन आग्रह गर्दै चितवन धमाका २ अन्तरगतका कार्यकममा आफु लाइ सहज हुने स्थानहरुमा उपस्थित जनाई सफल पारिदिनु हुन सम्पूर्ण जापानबासि नेपालीहरुमा समाजका अध्यक्ष राजन कुमार श्रेष्ठले आग्रह गर्नु भएको छ ।