जापानको फुकुओकामा रहेका नेपालीद्वारा चर्चित गितमा कभर भिडियो

जापानको फुकुओकामा रहेका नेपालीद्वारा चर्चित गितमा कभर भिडियो

January 30, 2017
 

बाशुदेव लामिछाने, टोक्यो, जापान

नेपाली चलचित्रहरुको गितमा कभर भिडियो निर्माण गर्ने लहर चलिरहेको बेला जापानको फुकुओकामा रहेका नेपाली युवाहरुको समुहले नेपाली चर्चित गितमा कभर भिडियो निर्माण गरेका छन् । अनिहरुले “दुई थोपा आशु”मा रहेको चर्चित गित “डाली डाली फुल फुल्यो “बाट लिईएको गितमा कभर भिडियो निर्माण गरेका हुन् ।

नेपाली चलचित्रहरुको गितमा कभर भिडियो निर्माण गर्ने लहर चलिरहेको बेला जापानको फुकुओकामा रहेका नेपाली युवाहरुको समुहले उक्त कभर भिडियोमा शुशिला गूरुङ र शुमन नेपालीको प्रस्तुती रहेको छ ।

जापानको फुकुओकामा रहेको बिभिन्न रमणिय क्षेत्रमा छायांकन गरिएको यो भिडियोलाई बिक्रम पुर्जा र राजु माम्बाले खिचेका हुन् भने सम्पादन ग्याम्जो लामाले गरेका हुन् ।

भिडियोको निर्देशन बाल थापाले गरेका छन् । हेर्नुहोस भिडियो: